दफा १०
सञ्चालक समितिको गठन र सञ्चालकहरुको कार्यअवधि
(१) प्रत्येक संस्थानको सञ्चालक
(समिति यसपछि “समिति” भनिएको) मा देहाय बमोजिम पाँच जना सञ्चालकहरु रहनेछन्ः–
(क) संस्थानको महाप्रबन्धक,
(ख) गैर–सरकारी शेयर होल्डरहरु मध्येबाट साधारण सभाद्वारा निर्वाचित एकजना,
(ग) सरकारी शेयर वापत नेपाल सरकारले मनोनयन गरेको एकजना,
(घ) संस्थानको कार्यक्षेत्र सम्बन्धित क्षेत्रमा ख्याती प्राप्त ब्यक्ति मध्येबाट नेपाल
सरकारले मनोनयन गरेको एकजना, र
(ङ) संस्थानमा काम गर्ने शेयर होल्डर कर्मचारी मध्येबाट निर्वाचित एकजना ।
(२) साधारण सभाद्वारा निर्वाचित हुने ब्यवस्था नभएसम्म वा उपदफा (१) को खण्ड (ङ)
अन्तर्गत शेयरवाला कर्मचारी मध्येबाट निर्वाचित हुने ब्यवस्था नभएसम्म शेयर होल्डरबाट निर्वाचित
हुने सञ्चालक पनि नेपाल सरकारबाट मनोनित हुनेछ ।
(३) समितिको अध्यक्ष नेपाल सरकारले तोक्नेछ र त्यसरी अध्यक्ष नतोकेकोमा समितिको
अध्यक्षतामा संस्थानका महाप्रबन्धकले गर्नेछ ।
(३क) खण्ड (ख), (ग), (घ), र (ङ) अन्तर्गत निर्वाचित वा मननोनीत सञ्चालकहरुको
कार्यावधि चार बर्षको हुनेछ र कार्यावधि सकिएपछि निजहरु पुन निर्वाचित वा मनोनति हुन
सक्नेछन्।
(४) उपदफा (३क) मा जुनसुकै कुरा लेखिएको भएतापनि उपदफा (१) को खण्ड (ग) र (
घ) अन्तर्गत मनोनीत सञ्चालकको कार्यावधि पूरा नहुँदै निजको सटृा नेपाल सरकारले अरु कुनै
ब्यक्तिलाई मनोनयन गर्न सक्नेछ ।
(५) साधारण सभाबाट वा संस्थानका कर्मचारीहरुबाट सञ्चालकको निर्वाचन भै कार्यभार
सम्हालेपछि तिनका हकमा नेपाल सरकारबाट मनोनीत सञ्चालकहरु स्वतः खारेज हुनेछ ।
तर यसरी खारेज भएको ब्यक्ति सञ्चालकमा नियुक्त हुन वा मनोनित हुन यस उपदफाले
बाधा पु¥याएको मानिने छैन ।
(६) …….. ….. …….